वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ
काठमाडौँ । ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो ।
विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले कर्मचारीहरूलाई कार्यालय समयभित्रमा परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सोमबार विभागको आकस्मिक अनुगमन गरेका थिए । अनुगमनको क्रममा अनावश्यक व्यक्तिहरूको कार्यालयभित्र प्रवेश गरेको पाएका थिए । त्यसपछि मन्त्री अर्यालले विभागमा अनावश्यक व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए ।
विभागले नवीकरण, दर्ता, दाखिला, खारेज, लगायतका कार्यहरूमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानुनी सल्लाहकारको रूपमा नियुक्त कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गरिएको हो । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अनावश्यक व्यक्तिहरू प्रवेश गरेर सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या सिर्जना गरेपछि कडाइ गरिएको बताए ।
विभागले आफ्ना कर्मचारीहरूलाई अनिवार्य रूपमा परिचयपत्र बोक्न निर्देशन दिएको छ । त्यस्तै कर्मचारी बाहेकका सेवाग्राही तथा सरोकारवाला निकायलाई समेत प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण