१० बजे, १० समाचार
आज २०८१ असार २५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
- कर छली
विद्युतीय सवारी साधनको बढ्दो आयातका कारण तनावमा रहेको सरकार कर छलीको आशङ्कापछि झनै झस्किएको छ । सरकारले विद्युतीय सवारी साधनलाई सर्वसाधारणको पहुँचमा राख्न भन्दै बजेटमार्फत व्यापक छुट दिँदै आइरहेको छ । विद्युतीय सवारीमा कर छुट दिँदा १ खर्ब रुपैयाँभन्दा बढीको राजस्व गुमेको निष्कर्षमा पुगेको सरकार कर छलीको आशङ्कापछि झस्किएको हो ।
- सर्प पालनमा भ्रष्टाचार
विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ । विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद हुने फैसला सुनाएको हो ।
- मुकुल निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।
- रेकर्ड वर्षा
यस पटकको मनसुनमा कञ्चनपुर जिल्लामा सबैभन्दा धेरै वर्षा भयो । जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो।
- विपद्
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ ।
- राजदूत फर्किन ढिलाइ
केही साता अगाडि सरकारले विभिन्न देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलायो । फिर्ता बोलाइएका ११ जना राजदूतमध्ये हालसम्म एक जनामात्र नेपाल फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सरकारले फिर्ता बोलाएकामध्ये हालसम्म अमेरिकाबाट निवर्तमान राजदूत श्रीधर खत्री मात्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
- न्यायालय
सर्वोच्च अदालतले सरकारी निकायले सरकारविरुद्ध नै रिट वा सार्वजनिक सरोकार अन्तर्गत रिट (मुद्दा) दायर गर्न नसक्ने फैसला गरेको छ । रेल्वे विभाग, मेट्रो रेल, मोनोरेल विकास आयोजनाले सार्वजनिक खरिद पुनरावलोकन समितिविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यस्तो फैसला गरेको हो ।
- सकसमा मधेस सरकार
मधेस सरकारको मन्त्रीमण्डल विस्तारमा सकस परेको छ । मन्त्रालय भागबण्डा र आकर्षक मन्त्रालयमा हानथाप बढ्न थालेपछि प्रदेश मन्त्रीमण्डल विस्तारमा समस्या भएको हो । नयाँ समीकरण अनुसार प्रदेश सरकारमा चार दल सहभागी हुनुपर्नेमा अहिलेसम्म जनमत र एमालेका मन्त्रीमात्र सहभागी छन् ।
- हत्या
विराटनगरमा गएराती भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
- नयाँ सत्ता समीकरण
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपनि संविधानको धारा ७६ को उपधारा ३ को बहसले एमाले अध्यक्ष केपी शर्मा ओली ‘बेचैन’ देखिन्छन् । उपधारा ३ को बहस चुलिएपछि देउवासँगको सहकार्य ओलीका लागि ‘तरबार’ साबित हुने कतिपयको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण