एघार जिल्लाको अधिवेशन कात्तिकभित्र गर्न एमालेको निर्देशन
बुधबार, २६ असार २०८१, २१ : ३४
काठमाडौँ । नेकपा (एमाले) ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ । आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले गत जेठ मसान्तभित्र अधिवेशन सम्पन्न गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । उपमहासचिव ज्ञवालीका अनुसार ६६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ ।
एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङका जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ ।
यस्तै सचिवालय बैठकले सबै जिल्लालाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्न र भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण