कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताए । उनले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताए । श्रेष्ठले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई मँथि उठ्न दिनु नहुने बताए ।
उनले भने, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजु अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ । अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’
उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण