भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कम्प्युटर अपरेटर पक्राउ
बिहीबार, २७ असार २०८१, १७ : ०८
काठमाडौँ । गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् । गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई बताए ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा राखिएको छ । विष्टले ‘गृहमन्त्री र गृहसचिवसँग कुरा भैसकेको छ’ भन्दै असार २१ मा थाइल्यान्ड जान लागेका २० जनालाई नरोक्न अध्यागमन अधिकृतलाई फोन गरेका थिए । विष्टले अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोन गरेर अनुचित दबाब दिएको आरोप छ ।
भिजिट भिसामा हिँडेका २० जना थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जिकिर गरेको छ । विष्ट २०७५ देखि कम्प्युटर अपरेटरको रूपमा गृहमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण