डेढ महिनाभित्र एउटै युवकलाई सातौँ पटक डस्यो सर्पले
काठमाडौँ । ७० र ८० को दशकमा बनेका केही बलिउड फिल्मकै झल्को दिने गरी एक युवक लगातार सर्पको निसानामा परेका छन् । त्यतिबेलाका केही बलिउड फिल्ममा सर्पले मानिससँग बदला लिएको दृश्य देखाइएको थियो ।
भारतको उत्तर प्रदेशको फतेहपुरका २४ वर्षीय विकास द्विवेदीलाई डेढ महिनाभित्र सातौँ पटक सर्पले डसेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ३४ दिनभित्र उनलाई ६ पटक सर्पले डसेको थियो ।
बिहीबार सातौँ पटक उनलाई सर्पले डसेको छ । अहिले उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनलाई एक निजी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विकासका अनुसार तेस्रो पटक सर्पले डसेपछि उनले सपनामा सर्पलाई देखेका थिए । आफूलाई छैटौँ पटक डसेपछि मात्र उनले आफूलाई सपनामा सर्पले भनेको कुरा सार्वजनिक गरेका थिए ।
आफूलाई सपनामा सर्पले नवौँ पटकसम्म डस्ने चेतावनी दिएको उनको भनाइ थियो । ८ पटकसम्म डस्दा बाँच्ने तर नवौँ पटक डसेपछि कुनै पनि हालतमा नबाँच्ने चेतावनी आफूलाई सर्पले दिएको उनले बताएका थिए ।
बिहीबार उनलाई सातौँ पटक सर्पले डसेको हो । यसबिचमा उनले सर्पको डसाइबाट जोगिनका लागि आफ्नो घर छोडेर कहिले सानीआमाको घर, कहिले काकाको घरमा बस्ने गरेका थिए । तर सानीआमाको घरमा जाँदा होस् या काकाको घरमा जाँदासमेत उनी सर्पबाट जोगिन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण