वर्षातको बेला रात्रि बस चलाउन रोक लगाऔँ : अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्षातको बेला रात्रि बस चलाउन रोक लगाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीको सुविधामा कुनै कमी नभएको तर सडकमा पूर्व सतर्कता अपनाउने काम नभएको बताए ।
उनले भने– ‘कुनै पनि देशको सबैभन्दा ठुलो क्षति भनेको मानवीय क्षति हो, देशमा कुन बेला कुन नागरिकको कति बेला क्षति हुन्छ थाहा हुँदैन तर सरकारले विपद्का घटनामा पूर्व तयारी गर्ने बताए पनि घटनापछि पूर्व तयारी गरेको थाहा हुन्छ ।’
सांसद सिंहले बाढी पहिरो लगायतका दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे । गए राति चितवनमा भएको दुर्घटनामा ५ दर्जन बढी बेपत्ता भएको बताउँदै बर्सातका बेला रात्रिकालीन बस चलाउन दिन नहुनेमा जोड दिए ।
उनले देशको लाइफलाइनको रूपमा रहेको सो सडक दुरावस्थामा रहेको बताए । गाडी मर्मत र इन्धनका लागि एउटा प्रदेशमा ३० करोड खर्च भएको अवस्था रहेको बताउँदै साधारण खर्च घटाउन र विकास खर्च बढाउनका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण