अवरुद्ध अरनिको र बिपी राजमार्गमा सञ्चालनमा
काभ्रेपलाञ्चोक । जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन् । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो ।
धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए । खावा नजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै आज बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन् ।
आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन् । रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
अरनिको र बिपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स–साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण