सत्ता राजनीति
नयाँ सरकारमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमाले
शुक्रबार, २८ असार २०८१, २० : ४९
_rEdQcj3qTZ.jpg)
काठमाडौँ । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास जान लागेका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार राति सवा ९ बजे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।
कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित