माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ । कास्की र कैलाली जिल्लामा करेन्ट लगाई माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-३१ किमवेशी बस्ने २५ वर्षीय विष्णु थापा मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही महानगरपालिका-३० खुदी खोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरुवा तथा सङ्क्रमण अस्पताल शिसुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कैलालीको भजनी नगरपालिका-३ ढुसी बस्ने चन्द्र बहादुर पान्डेको छोरा १३ वर्षीय जनार्जन पान्डेको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकैको नालामा घरबाट विद्युत्को तार लगेर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै जनार्जनलाई बचाउने क्रममा करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने धन बहादुर ठगुन्नाको छोरा १८ वर्षीय पारस ठगुन्नालाई थप उपचारको लागी निसर्ग अस्पताल धनगढी कैलाली रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण