बालबालिकालाई खोपबाट वञ्चित हुन दिँदैनौ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गर्नुहुँदै यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिए । उनले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“यहाँहरू सबैको सहयोगमा प्रदेशलाई प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छ । अब बाल विवाह, छुवाछूत, बाल मृत्यु, सुत्केरी मृत्युदर न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा आवश्यकता छ”, उनको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी आउन नदिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिए । उनले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका एक सय ३७ पालिका खोप सुनिश्चिता भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण