ट्रम्पमाथि हमलाको तस्बिर भएका टी–शर्ट बजारमा

बेइजिङ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आइतबार बिहान घातक हमला भयो । पेन्सिलभेनियामा चुनावी र्यालीमा आक्रमणकारीले ट्रम्पलाई ताकेर पाँचओटा गोली चलाए ।
एउटा गोलीले ट्रम्पको दाहिने कानमा अलिकति छोएर गयो । यो घटनाको १५ मिनेटपछि अनुहारभरि रगत लत्तपतिएको ट्रम्पको तस्बिर बाहिरियो । यसमा उनी हावामा मुट्ठी कस्दै ‘फाइट–फाइट’ भनिरहेका थिए ।
यो घटनामा अमेरिकी राष्ट्रपति जो बाइडेनभन्दा अगाडि चिनियाँ खुद्रा विक्रेताहरूले प्रतिक्रिया दिए । बाइडेनले पहिलो टिप्पणी घटनाको २ घन्टापछि आएको थियो ।
यतिबेलासम्म ट्रम्पमाथि भएको हमलाको तस्बिरयुक्त टी–सर्टको पहिलो ब्याच चिनियाँ अनलाइन कम्पनी ताओबाओको वेबसाइट र अन्य खुद्रा पसलहरुमा बिक्री हुन थालिसकेको थियो ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार चीनबाहेक अमेरिकाबाट पनि यी टी–सर्टको अर्डर आइरहेको छ । यो तस्बिरमा अलग अलग नारा लेखेर टी–सर्ट डिजाइन भएका छन् ।
कतिपय टी–सर्टमा ‘शूटिङ मेक्स मी स्ट्रन्गर’, ‘आई विल नेभर स्टप’ भनेर लेखिएको छ । कतिपयमा ‘फाइट नेभर सरेन्डर’ पनि लेखिएका छन् । यो टी–शर्टप्रति अमेरिकामा पनि निकै क्रेज देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?