ट्रम्पमाथि हमलाको तस्बिर भएका टी–शर्ट बजारमा
बेइजिङ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आइतबार बिहान घातक हमला भयो । पेन्सिलभेनियामा चुनावी र्यालीमा आक्रमणकारीले ट्रम्पलाई ताकेर पाँचओटा गोली चलाए ।
एउटा गोलीले ट्रम्पको दाहिने कानमा अलिकति छोएर गयो । यो घटनाको १५ मिनेटपछि अनुहारभरि रगत लत्तपतिएको ट्रम्पको तस्बिर बाहिरियो । यसमा उनी हावामा मुट्ठी कस्दै ‘फाइट–फाइट’ भनिरहेका थिए ।
यो घटनामा अमेरिकी राष्ट्रपति जो बाइडेनभन्दा अगाडि चिनियाँ खुद्रा विक्रेताहरूले प्रतिक्रिया दिए । बाइडेनले पहिलो टिप्पणी घटनाको २ घन्टापछि आएको थियो ।
यतिबेलासम्म ट्रम्पमाथि भएको हमलाको तस्बिरयुक्त टी–सर्टको पहिलो ब्याच चिनियाँ अनलाइन कम्पनी ताओबाओको वेबसाइट र अन्य खुद्रा पसलहरुमा बिक्री हुन थालिसकेको थियो ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार चीनबाहेक अमेरिकाबाट पनि यी टी–सर्टको अर्डर आइरहेको छ । यो तस्बिरमा अलग अलग नारा लेखेर टी–सर्ट डिजाइन भएका छन् ।
कतिपय टी–सर्टमा ‘शूटिङ मेक्स मी स्ट्रन्गर’, ‘आई विल नेभर स्टप’ भनेर लेखिएको छ । कतिपयमा ‘फाइट नेभर सरेन्डर’ पनि लेखिएका छन् । यो टी–शर्टप्रति अमेरिकामा पनि निकै क्रेज देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण