कोलम्बियाका रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी र अर्जेन्टिनाका मार्टिनेज सर्वाधिक गोलकर्ता
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकाको ४८औँ संस्करण सकिएको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार सम्पन्न फाइनलमा लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिनाले अतिरिक्त ससमयमा कोलम्बियालाई १–० गोलले हरायो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय (११२औँ मिनेट) मा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । उक्त जितसँगै अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ ।
अर्जेन्टिनाले जितेको यो १६औँ कोपा–अमेरिका उपाधि हो । उरुग्वेले भने हालसम्म १५ पटक कोपा–अमेरिकाको उपाधि हात पारेको छ । ४८औँ संस्करणमा कोलम्बियाका जेम्स रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ‘गोल्डेन बुट’ अवार्ड जिते । उनले प्रतियोगिता अवधिभर सर्वाधिक पाँच गोल गरे । उनले समूहगत चरणमा क्यानडा, चिली र पेरुविरुद्ध एक–एक गोल गरेका थिए । उनले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध पनि गोल गरेका थिए ।

सेमिफाइनलमा गोल गर्न नसकेका मार्टिनेजले फाइनलमा भने कोलम्बियाविरुद्ध गोल गरेका थिए । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भेनेजुएलाका सालोमोन रोन्डन दोस्रो स्थानमा रहे । उनले कुल तीन गोल गरेका थिए ।
प्रतियोगितामा विभिन्न टोलीका १३ जना खेलाडीले दुई–दुई गोल गरे । यसका अतिरिक्त विभिन्न टोलीका ३५ खेलाडीले एक–एक गोल गरे । प्रतियोगितामा एउटा मात्र आत्मघाती गोल भयो । त्यो गोल इक्वेडरविरुद्धको खेलमा जमैकाका कासी पाल्मरबाट भएको थियो ।

यसैगरी ४८औँ संस्करणमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पाए । अर्जेन्टिनालाई उपाधि चुमाउन उनको प्रदर्शन उत्कृष्ट रह्यो । ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन टोलीले पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण