एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनतालाई अनुभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उनले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङले बताए ।
विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ओली निर्देशन दिएका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाइ थियो ।
उनले भने ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरूलाई केही महत्त्वपूर्ण निर्देशनहरू दिनुभएको छ । सबै काम कोअर्डिनेट रूपमा अगाडि बढाएर एउटा परिणाममुखी नतिजा निकाल्ने काममा मन्त्रीहरू लाग्नुपर्छ भनेर उहाँले निर्देशन दिनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण