जम्मू-कश्मीरमा मुठभेड : क्याप्टेनसहित ५ सुरक्षाकर्मीको मृत्यु
कश्मीर । जम्मू कश्मीरको डोडा जिल्लाको देसा जंगलको धारी गोटे उरारबागीमा आतङ्ककारीहरूले गरेको गोलाबारीमा सेनाका एक क्याप्टेन सहित चार सैनिकको मृत्यु भएको छ। घटनामा एक प्रहरीको पनि मृत्यु भएको छ ।
राष्ट्रिय राइफल्स र जम्मू कश्मीर प्रहरीले सोमबारदेखि त्यहाँ खोज अभियान चलाइरहेका थिए। खोजीका क्रममा आतङ्ककारीहरूले उनीहरूमाथि गोली हानेर भागेका थिए ।
जब सिपाहीहरूले उनीहरूलाई लखेटे पनि घना जङ्गलका कारण आतङ्ककारीहरूले सुरक्षा बललाई झुक्क्याउन सफल भएका थिए।
सोमबार राति करिब ९ बजे फेरि गोली हानाहान भएको थियो । जसमा पाँच सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो ।
मिडिया रिपोर्टका अनुसार कश्मीर टाइगर्स नामक आतङ्कवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी छ । सेनाले हेलिकप्टरबाट पनि आतङ्ककारीहरूको खोजी गरिरहेको छ ।
जम्मू डिभिजनको डोडामा ३४ दिनमा यो पाँचौँ भिडन्त हो। यसअघि जुन ९ तारिखमा भिडन्त भएको थियो । जुन २६ मा यहाँ एउटा र १२ जुनमा दुई आक्रमण भएको थियो ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण