यादव समूहलाई समाजवादी मोर्चाले नेसपाको मान्यता दिएकोमा बाबुरामको असन्तुष्टि
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीबाट कारबाहीमा परेका अर्का अध्यक्ष महिन्द्र राय यादव समूहलाई समाजवादी मोर्चाले नेसपाको मान्यता दिएकोमा असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको मोर्चाको बैठकले यादव समूहलाई औपचारिक रूपमा भित्र्याएको थियो ।
सहअध्यक्ष गंगानारायण श्रेष्ठलाई कार्यदल सदस्य बनाएको थियो । निवर्तमान प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुले अदालतको निर्णय र निर्वाचन आयोगको निर्णय मान्नुपर्छ कि पर्दैन भनेर प्रश्न उठाएका छन् ?
‘अहिले उहाँहरू सडकमा पछारिनुभएको छ । ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनुभएको छ । केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठुलो भएको देखाउन खोजिरहनुभएको छ’, बुधबार सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्’, दल त्याग गरिसकेको मान्छेलाई हामीले कानुन बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट बिदा गर्यौँ । निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ । निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? उहाँहरू संविधान र कानुनभन्दा माथि हो ? राजनीतिमा नैतिकता र मूल्य मान्यता भन्ने केही जिनिस हुन सक्दैन ? सत्ता नै सबैथोक हो ? यसरी आउँछ ‘समाजवाद’ ?’
पहिले सत्तामा उहाँहरू (माओवादी) लाई सांसद सङ्ख्या पुर्याउने नाममा अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनाव चिन्ह लिएको) मान्छेलाई जबरजस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गरेको उनले आरोप लगाएका छन् ।
२०७९ को सङ्घीय र प्रदेशसभा निर्वाचनमा माओवादीको चिन्ह लिएर निर्वाचन जिते पनि पार्टीको नाम नेसपा नै रहेको छ । गण्डकी प्रदेशमा सांसद फणीन्द्र देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएको आरोपमा जेठ अन्तिम साता कारबाहीमा परेका थिए ।
कारबाहीविरुद्ध सर्वोच्चमा पुगेका देवकोटाले मुद्दा जितेका थिए । सङ्घीय सांसद र प्रदेशसभामा दुई/दुई गरी चार सिट जितेको नेसपाले देवकोटाबाहेक अन्य तीन सांसद माओवादीमै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण