गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी
चितवन । भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज दिउँसो १ः४५ बजे बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।
एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उनले जानकारी दिए । आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए । बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।
आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण