महाराष्ट्र : प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिए
गडचिरोली । महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १२ माओवादी मारिएका छन् । यो भिडन्त छत्तीसगढ र महाराष्ट्रको सीमा क्षेत्रमा भएको हो।
गडचिरोलीको झारवण्डी थाना अन्तर्गत छिन्दभट्टी र छत्तीसगढको बन्दे काँकेर थानाको बिचको जंगलमा बुधबार दिउँसो १:३० देखि २ बजेसम्म प्रहरी र माओवादीको बटालियनबिच भिडन्त भएको थियो ।
भिडन्तमा एक प्रहरीलाई पनि गोली लागेको बताइएको छ । समाचार एजेन्सीका अनुसार दिउँसो सुरु भएको भिडन्त साँझसम्म जारी रहेको थियो ।
छत्तीसगढ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबिच ६ घण्टासम्म गोली हानाहान भएको थियो । त्यसपछि उक्त क्षेत्रमा खोजी गरिएको थियो । खोजीका क्रममा हालसम्म १२ माओवादीको शव बरामद भएको छ । यसका अलावा ३ एके ४७ थान, एक कार्बाइन, एक एसएलआरसहित सात वटा स्वचालित हतियार पनि बरामद गरिएको छ ।’
महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फनाविसले पनि माओवादीसँगको भिडन्तमा १२ नक्सलवादी मारिएको जानकारी दिएका छन् । महाराष्ट्र सरकारको तर्फबाट उनले गडचिरोली प्रहरीलाई ५१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण