कर्जा माग र लगानीको सहजताका लागि वित्तीय पूर्वाधारको विकास आवश्यक : पूर्वनिर्देशक थापा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा मौद्रिक विज्ञ नरबहादुर थापाले नेपालको अर्थतन्त्रका लागि वित्तीय पूर्वाधारको विकास खाँचो रहेको बताएका छन् । बिहीबार राजधानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकमा अधिक तरलता पनि थुप्रिने तर कर्जा माग नहुने समस्याको गाँठो फुकाउनका लागि नयाँ शिराबाट वित्तीय पूर्वाधारको विकास गर्नुपर्ने बताए ।
‘मौद्रिक नीति भनेको समष्टिगत आर्थिक स्थायित्वका लागि नीति तर्जुमा गर्ने कार्य हो । बजेट जस्तो मौद्रिक नीतिको सामाजिक र राजनीतिक उद्देश्य हुँदैन । केबल बाह्य र आन्तरिक अर्थतन्त्रको सुधारका लागि अवलम्बन गरिने व्यापार, मुद्रास्फीति र वित्तीय स्थायित्वलाई यसले गाइड गर्नेगर्छ । यसो गर्दा मुलुकको आर्थिक स्थिति बिग्रन दिँदैन थप बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्यमा सघाउ पुर्याउँछ । महत्त्वपूर्ण पक्ष कर्जाको व्यवस्थापन हो । क्रेडिट एलोकेशन, उद्यमशीलताको विकासमा, राष्ट्रिय उत्पादन, उत्पादकत्व वृद्धिमा कर्जाको समुचित वितरण भएको छ कि छैन यो पनि मौद्रिक नीतिको दायरामा पर्छ । तर, अहिले बजारको शिथिलताका कारण कर्जा उपभोग घटेको छ । बैंकहरुले अधिक तरलता होल्ड गरिराख्दा पनि मागमा वृद्धि आउन सकेको छैन । यसको गाँठो फुकाउन पनि मौद्रिक नीतिले काम गर्नुपर्ने अवस्था छ । वित्तीय पूर्वाधारको विकास गर्न आवश्यक छ’, थापाले भने ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण