समाचार
रमेश वडालले लिए महान्यायाधिवक्ताको शपथ
बिहीबार, ०३ साउन २०८१, १५ : १४
काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित रहेका थिए ।
राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण