पहिरोले पाँच परिवार विस्थापित
बाजुरा । जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् ।
गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ । पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिए ।
विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण