१५ औँ महाधिवेशन समयमै हुनेमा डा.कोइराला सशङ्कित
शुक्रबार, ०४ साउन २०८१, १४ : ००
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् ।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शङ्का उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य (काठमाडौँ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दीपक चापागाईं (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण