चुरोट तानेपछि ओलम्पिक टोलीबाट हटाइयो जापानी खेलाडीलाई
काठमाडौँ । एक जापानी महिला खेलाडीलाई चुरोट सेवन गरेको आरोपमा ओलम्पिक टोलीबाट हटाइने भएको छ । जापानको समाचार समिति क्योदोका अनुसार, ती महिला खेलाडीमाथि नियम उल्लङ्घन गरी चुरोट तानेको आरोप लगाइएको छ ।
महिला आर्टिस्टिक जिमन्याष्टिक खेलाडी शोको मियाता पेरिस ओलम्पिकको अन्तिम तयारीमा थिइन् । सोही क्रममा उनले चुरोट सेवन गरेकी थिइन् । उनी पेरिस ओलम्पिकका लागि घोषित महिला आर्टिस्टिक जिमन्याष्टिक टोलीकी कप्तान पनि हुन् ।
जापान जिमन्याष्टिक संघले यस विषयमा थप अनुशन्धान गर्ने भएको छ । अनुशन्धानबाट दोषी प्रमाणित भए शोको मियाताले पेरिस ओलम्पिक खेल्न पाउने छैनन् । अनुशन्धान पुरा नभएसम्म उनले क्याम्पमा रहेर नियमिति प्रशिक्षण पनि गर्न पाउने छैनन् ।
जापान जिमन्याष्टिक संघको नियमअनुसार, खेलाडीले चुरोट सेवन गर्न पाउँदैनन् । जापानको आर्टिस्टिक जिमन्याष्टिक टोलीले हाल मोनाकोमा ओलम्पिकको अन्तिम तयारी गरिरहेको छ ।
१९ वर्षीया शोको मियाताले सन् २०२२ मा लिभरपुलमा सम्पन्न विश्व च्याम्पियनसिपमा कांश्य पदक जितेकी थिइन् । प्रशिक्षण स्थलबाट घर फर्किएलगत्तै जिमन्याष्टिक संघ र जुनतेन्दो विश्वविद्यालयको टोलीले उनीसँग सोधपुछ गर्ने पनि समाचारमा जनाइएको छ ।
जापानले पछिल्लो पटक सन् १९६४ मा सम्पन्न टोकियो ओलम्पिकमा आर्टिष्टिक जिमन्याष्टिकको टिम स्पर्धामा स्वर्ण पदक जितेको थियो । यसपटक पेरिस ओलम्पिकमा पुनः त्यही उपलब्धि दोहो¥याउने लक्ष्यसहित जापानले आफ्नो तयारी अगाडि बढाएको छ । जुलाई २६ तारिखमा पेरिस ओलम्पिक सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण