माइक्रोसफ्टको सर्भरमा खराबी, विभिन्न देशमा वायुसेवादेखि न्यूज च्यानलसम्म प्रभावित
शुक्रबार, ०४ साउन २०८१, १३ : ४७
काठमाडौँ । माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् ।
शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ । माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी दिएको छ ।
माइक्रोसफ्टको अप्रेसन सिस्टममा आएको समस्याका कारण भारतमा इन्डिगो, अकासा एयर, स्पाइसजेट र एयर इन्डिया एक्सप्रेसको बुकिङ र चेक–इन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।
अमेरिकाको फ्रन्टियर एयरलाइन्सको सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टमा आएको समस्याका कारण ब्रिटेनको स्काइ न्यूज च्यानलको प्रसारण बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण