झन् बढ्यो सार्वजनिक ऋण, एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा बाँकी बक्यौता सार्वजनिकलाई कूल जनसंख्याले भाग लगाउने हो भने प्रति नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ ३१ पैसा पर्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
२०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेको थियो । समीक्षा अवधिमा कायम कूल ऋणमध्ये ४८.५३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ५१.४७ प्रतिशत अर्थात् १२ खर्ब ५३ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर असार मसान्तसम्म ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ मात्र ऋण प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा ७९.०८ प्रतिशतको प्राप्ति हो ।
कूल ऋणमध्ये आन्तरिकतर्फ अधिकतम ९७.६८ प्रतिशत प्राप्ति भएकोमा बाह्य (विदेशी) ऋणतर्फ लक्ष्यको जम्मा ५८.१० प्रतिशत मात्र प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण