सुदूरपश्चिम प्रदेश सभा अधिवेशन अन्त्य गरेकै भोलिपल्टै प्रदेश प्रमुखले आह्वान गरे विशेष अधिवेशन
धनगढी । राजनीतिक खिचातानीका कारण बजेट पारित गर्न नसकेको सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेश सभाको अधिवेशन अन्त्य गरे पनि सङ्कट टरेको छैन ।
प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् ।
तर त्यसको भोलिपल्टै नेपाली कांग्रेस, नेकपा एमाले र नाउपा (रेशम पक्ष) सहितका सांसदले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै पत्र दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभामा पुगेको भोलिपल्टै प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आह्वान सम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । प्रदेश प्रमुख मियाँले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले विशेष अधिवेशन आह्वान गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभा सचिवालयमा आइसकेको जानकारी दिए । सचिवालयमा दर्ता भइसकेको उक्त पत्रमा साउन ८ गते विशेष अधिवेशन आह्वान हुने उल्लेख रहेको सचिव बोगटीले रातोपाटीलाई बताए । यद्यपि, प्रदेश सभा सचिवालयले भने विशेष अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गरिसकेको छैन । सचिव बोगटीका अनुसार २४ घण्टा अगाडि सूचना जारी गरिसक्नुपर्ने प्रावधान भएकाले अहिले नै हतार नगरिएको हो ।
केन्द्रको सत्ता गठबन्धनले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीको राजीनामा माग गरिरहेका छन् । तर मुख्यमन्त्री सोडारी भने अध्यादेशमार्फत बजेट ल्याउने अडानमा छन् ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जोड दिँदै अल्पमतमा परेको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गर्न नमिल्ने बताए । साउन ८ गते विशेष अधिवेशन आह्वान भइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउन नमिल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण