युरो विजेता मोराटा मिलानद्वारा अनुबन्ध
शनिबार, ०५ साउन २०८१, ०९ : २९
मिलान । एसी मिलानले एट्लेटिको मड्रिडका स्पेनिस फरवार्ड अल्भारो मोराटालाई चार वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । सम्झौतामा १२ महिनाका थप गर्ने विकल्प राखिएको छ ।
सिरी ए टोलीले मोराटाको रिलिज क्लज ट्रिगर गरेको थियो– जुन कथित रूपमा १.१ करोड पाउन्ड थियो । ३१ वर्षीय कप्तानले यस महिनाको सुरुमा स्पेनलाई युरो २०२४ को उपाधि दिलाएका थिए।
मोराटाले व्यावसायिक डेब्यू भने रियल मड्रिडबाट गरेका थिए । उनले युभेन्टस र चेल्सीबाट पनि खेलिसकेका छन्।
उनले रियल मड्रिडसँग दुई स्पेलमा दुई पटक च्याम्पियन्स लिग जिते भने युभेन्टससँग दुई पटक इटालियन लिगको उपाधि पनि उचालेका थिए। चेल्सीबाट एफए कप जितेका मोराटाले स्पेनका लागि ८० खेलमा ३६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण