‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण
काठमाडौँ । ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको लोकार्पण गरिएको छ । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शनिबार काठमाडौँमा सामूहिक रूपमा ग्रन्थको लोकार्पण गरेका हुन्
समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईँले ग्रन्थका बारेमा मन्तव्य प्रकट गरेका थिए ।
नरेन्द्रराज प्रसाईँ तथा इन्दिरा प्रसाईँबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रूपमा प्रकाशित भएको हो ।
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरू समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण