विश्वभर ८५ लाख कम्प्युटरका विन्डोजमा समस्या
क्यालिफोर्निया । शुक्रबार विश्वभर विन्डोजमा आएको समस्याका कारण ८५ लाख उपकरण प्रभावित भएको सफ्टवेयर बनाउने कम्पनी माइक्रोसफ्टले भनेको छ । साइबर सेक्युरिटी सफ्टवेयर कम्पनी क्राउडस्ट्राइकले अपडेटपछि विन्डोजमा समस्या आएको थियो ।
यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । विश्वभर एकैचोटी यसअघि यो सङ्ख्याका उपकरणमा समस्या देखिएको थिएन । क्राउडस्ट्राइडकले सफ्टवेयर अपडेट गर्दा करप्टेड सफ्टवेयर अपडेट भएपछि ठुलो सङ्ख्यामा उपकरणमा समस्या देखिएको थियो ।
आफ्ना प्रयोगकर्तालाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको माइक्रोसफ्टले बताएको छ । ‘क्राउडस्ट्राइक अपडेटबाट करिब ८५ लाख विन्डोज उपकरण प्रभावित भएको हामीले अनुमान गरेका छौँ ।’ कम्पनीले एक ब्लग पोस्टमा भनेको छ । यो भनेको विश्वभर प्रयोगमा आएका विन्डोज उपकरणको १ प्रतिशतभन्दा कम भएको माइक्रोसफ्टको उपाध्यक्ष डेभिड वेष्टन भन्छन् ।
यो समस्याले संवेदनशील सेवा प्रवाह गरिरहेका कयौँ कम्पनीहरूले क्राउडस्ट्राइक प्रयोग गरिरहेको देखाएको छ । यस अघि सन् २०१७ मा वानाक्राई साइबर हमलामा विश्वका १५० देशमा करिब ३ लाख कम्प्युटर प्रभावित भएका थिए । एक महिनापछि पनि यही स्तरमा नटपेटा सायबर हमला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण