आर्थिक मुद्दामा सबै राजनीतिक दल एकजुट हुँदा नतिजा आउँछ : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिँदा अर्थतन्त्र अघि बढ्न सक्ने बताएका छन् । लगानी सम्मेलनका क्रममा ऐन कानुन परिमार्जन सहज रूपमा भएको स्मरण गर्दै ढकालले सबै राजनीतिक दल एक ठाउँमा उभिएमा अर्थतन्त्र सबल बनाउन सकिने बताएका हुन् ।
आज उद्योग मन्त्रालयमा आयोजित निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै ढकालले थपे, ‘यसका लागि एकल सेवा बिन्दु केन्द्रलाई सबल र सक्षम बनाउनुपर्छ ।’ यो निकायलाई शक्तिशाली बनाउन सकेमा विदेशी लगानी र स्वदेशी लगानी ल्याउन समस्या पर्दैन ।
यस्तै स्टार्टअपलाई अघि बढाउने सरकारको दृढता नरोकिनु पर्नेमा ढकालको जोड छ । यतिबेला सरकारले एक दशक यता स्टार्टअपलाई अघि बढाउनका लागि ३ प्रतिशत ब्याजमा ऋण दिन सुरु गरेको छ ।
‘यसबाहेक सूचना प्रविधि क्षेत्रमा नेपालले ठुलो प्रगति गर्दै आएको छ,’ ढकालले भने, ‘यो क्षेत्रलाई बढवा दिनुपर्छ । बजेटमा पनि हामीले यो विषयलाई प्राथमिकता दिएका छौँ ।’ यतिबेला नेपालबाट ठुलो मात्रामा प्रविधि निर्यात गर्दै आएको छ ।
यसै गरेर निर्यात प्रवर्द्धन र पर्यटन क्षेत्रलाई सरकारले जोड दिनुपर्नेमा ढकालको जोड छ । भारतबाट आउने वेडिङ पर्यटकलाई नेपालले प्राथमिकतामा राख्नुपर्ने र गहना लाएर आउनेलाई सहजीकरण गर्नुपर्ने ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण