मुलुकभर दैनिक ९७ सडक दुर्घटना हुन्छ, ७ जनाले ज्यान गुमाउँछन्
काठमाडौँ । मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सडक दुर्घटनामा एक दिनमा औसत ८८ जना घाइते हुन्छन् । सडक दुर्घटनामा दिनहुँ ७ जनाको मृत्यु हुने प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।
२०८० साउनयता ३५ हजार ४ सय ४ वटा सड्क दुर्घटना भएको छ । सो दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्षमा दुर्घटनाबाट ६ हजार १६० जना गम्भीर घाइते भएका थिए । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले भने–‘दुर्घटनामा घाइते भएका परिवारले ठुलो धनराशि गुमाउनुपरेको र पीडा झेल्नुपरेको अवस्था छ ।’
दुर्घटनाबाट १ सय १ वटा पशु चौपायाले ज्यान गुमाएका छन् । मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । गएको आर्थिक वर्षमा भएको दुर्घटना मध्येमा करिब ५७ प्रतिशत मोटरसाइकल दुर्घटना भएका छन् । गत साउनयता १९ हजार ९ सय ८४ वटा मोटरसाइकल दुर्घटना भएको डीआईजी कार्कीले बताए ।
सो अवधिमा २ हजार १९३ बस, ६ हजार ८३७ कार तथा जिप र १ हजार ४८६ ट्रक तथा ट्याङ्कर दुर्घटना भए । ४ सय ६६ वटा टिपर दुर्घटनामा भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिएको छ । सो अवधिमा १५ सय २० वटा साइकल र रिक्सा दुर्घटना भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण