‘ईश्वर’ मा ग्रामीण शिक्षिका छु : अभिनेत्री कृष्टिन
काठमाडौँ । गुरुङ फिल्मको चलेकी अभिनेत्री हुन् कृष्टिन गुरुङ । उनी राष्ट्रिय भाषा (नेपाली भाषा) को फिल्ममा बिस्तारै छाउन थालेकी छन् । साउन ११ गतेबाट रिलिज हुने लागेको फिल्म ‘ईश्वर’ मा उनी नायिकाको रूपमा दर्शकमाझ छाउन लागेकी हुन् ।
यसअघि फिल्म ‘दयारानी’ मा छोटो भूमिकामा देखिएकी उनले ‘ईश्वर’ मा भने प्रमुख भूमिका निर्वाह गरेकी छन् । फिल्मका निर्माता ध्रुव थापा र कलाकार माओत्से गुरुङका कारण फिल्ममा जोडिएकी उनले फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी छन् ।
‘फिल्ममा मेरो चरित्रको नाम मिनु हुन्छ । म विद्यालयकी शिक्षिका छु । जसले ग्रामीण भेगको शिक्षिकाको प्रतिनिधित्व गर्छ’ उनले भनिन् ।
फिल्मको ट्रेलरमा कृष्टिनसँग फिल्मका नायक ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । ‘फिल्ममा बुद्धि दाइ मेरो फुपूको छोरा र मचाहिँ बुद्धि दाइको मामाको छोरी छु’, उनले थपिन्, ‘नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एक अर्काप्रति नजिकिएको देखाइएको छ ।’ मिनु चरित्र निभाउन आफूलाई निकै चुनौती भएको उनले सुनाइन् । ‘म सानो क्यारेक्टरबाट नेपाली फिल्ममा आएकी हुँ । सुरुदेखि नै ठुलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो’, उनले भनिन् ।
गुरुङ भाषाका फिल्मबाट नेपाली फिल्ममा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मन पराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरू फिल्मको लागि कुरा गरेकी छैन । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरू फिल्म गर्ने या नगर्ने भन्ने टुङ्गो लाग्छ’, उनी भन्छिन् । फिल्म ‘ईश्वर’ मा राजु गिरीको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण