युनिग्लोबल छिर्यो नेपाल लाइफ इन्स्योरेन्स, २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्ने
काठमाडौँ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले युनिग्लोबल ग्रुप अफ कम्पनी (शैक्षिक संस्थामा) लगानी हाल्ने भएको छ ।
कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि.मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लि. मा ४७.६२ प्रतिशत सेयर स्वामित्व रहने गरी १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिद गर्ने भएको हो ।
योसँगै दुई संस्थामा गरी नेपाल लाइफ इन्स्योरेन्सले कूल २ अर्ब ७ करोड ४५ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको लगानी गर्ने भएको छ ।
युनिग्लोबल समूहमा लगानी गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै साउन ६ गते बसेको कम्पनी सञ्चालक समितिको ३८२ औँ बैठकले लगानीका लागि सहमति जुटाएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।
यता तीव्र लगानी विस्तार गरेको युनिग्लोबल ग्रुपले थप शैक्षिक गुणस्तर र सेवा विस्तारका लागि आईपीओमा जाने तयारी समेत रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका