सामसङद्वारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु
सोमबार, ०७ साउन २०८१, १७ : ०४
काठमाडौँ । सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो ।
यस प्लेटफर्मले पेरिस ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ । जसअनुसार खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङले वेबसाइटबाट प्रदान गरेको छ।
वेबसाइटमार्फत फ्यानहरूले आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन सक्नेछन् । यी सन्देश खेलाडीहरूले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानुअघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइने सामसङले जनाएको छ ।
यसका लागि www.samsungplaza.com.np/olympics भिजिट गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण