विपद्का घटनाका विषयमा सरकार गम्भीर बनोस् : श्रेष्ठ
मङ्गलबार, ०८ साउन २०८१, १४ : ५१
काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विपद् घटनालाई लिएर राज्यले वृहत् रूपमा सोच्न आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ बाढीका कारण बासिन्दाहरू समस्यामा परेको भन्दै सरकारलाई उचित संरक्षणको माग गरे ।
उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नागार्जुन वडा नं ४ मा जनताहरू पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन । विपद्को लागि राज्यले अलि वृहत् रूपमा सोच्ने बेला भएको छ । खाली सानोतिनो राजनीतिक मुद्दाहरूमा होइन अरू विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण