ललितपुरका एक जनामा हैजा पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव
काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा फेला परेको छ । ललितपुरको गोदावरी नगरपालिका –१४ का १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भइरहेको छ ।
१६ वर्षीय बालकमा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डा. मुकेश पौडेलले जानकारी दिए । उनले खानेपानीमा ध्यान दिन सुझाव दिएका छन् । ‘हेण्डा हाइजिन, पानीको शुद्धीकरण, बाहिरको खाने कुरा र बाहिरको वातावरणमा दिशा पिसाब गर्नु भएन,’ उनले भने, ‘पानीबाट यो रोग सर्ने भएकाले खाने पानीमा विशेष ध्यान दिनु पर्यो।’
हैजाको लक्षणसहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउँदा हैजा पुष्टि भएको डा. पौडेलले बताए ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्दछ । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो सङ्ख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभई व्यापक रूपमा सम्पूर्ण भागमा असर पुर्याउँछ । बर्खायाममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग वर्षातको मौसममा बढी लाग्ने उनले सुनाए । दिसा पातलो र चौलानी पानीजस्तो हुनु, दिनमा पटक–पटक झाडापखाला हुनु, बान्ता हुनु, शिथिल र बेहोस हुनुजस्ता लक्षण देख पर्ने गरेको उनले बताए । यसबाट जोगिन खानेपानीको शुद्धतामा विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।
प्रदूषित पानीबाट हुने जोखिमबाट जोगिन यस्ता छन् विज्ञका सुझाव
–बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउने ।
–आफ्नो तथा आफ्नो वरिपरिको वातावरणको सरसफाइमा ध्यान पुर्याउनुपर्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने ।
–खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुनुपर्छ । व्यक्तिले जथाभाबी दिसापिसाब गर्न हुँदैन । खानेकुरालाई राम्रोसँग पकाएर मात्र खाने ।
–विशेष गरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने ।
–बर्खाको मौसममा बासी तथा काँचो खानेकुरा खानुहुँदैन । बाहिरको खाना पनि खानुहुँदैन ।
–बाढीले विभिन्न जीवजन्तु बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा वातावरण दुर्गन्धित हुन्छ । सोबाट जोगिन बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण