संसदीय समितिको प्रश्नमा प्राधिकरणका महानिर्देशक पन्छिए
काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा संसदीय समितिले प्रश्न गरेपछि नियामक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी पन्छिएका छन् । १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले प्रश्न गरेका थिए ।
तर महानिर्देशक अधिकारीले घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काए । ‘घटना घटिसकेको छ, सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै (प्राधिकरणसमेत) अनुसन्धानको दायरामा छौँ । आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन’ अधिकारीले भने ।
तर, बुधवार काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजले नियमित चेकजाँच (सी–चेक) का लागि पुनः फ्लाइटमा गरेको दाबी गरिएको छ । त्यो खालको फ्लाइटमा बाहिरका व्यक्तिहरू कसरी परे भन्ने प्रश्न समितिले गरेको छ ।
यसमा थप स्पष्ट पार्दै प्राधिकरणका प्राविधिक मुकुल मिश्रले बुधवारको सौर्य फ्लाइट ‘फेरि फ्लाइट’ नै भए पनि कम्पनी फ्लाइटको रूपमा रहेकाले यसलाई सामान्य मानिने बताए ।
‘अन्तर्राष्ट्रिय हवाई नियमअनुसार कम्पनीले फ्लाइट गर्न पाउँछ । सौर्य एयरलाइन्सको पनि यहीँ हो, स्वीकृति र अरू प्राविधिक पक्षको मुद्दामा छानबिन आयोगले स्पष्ट छानबिन गर्ला नै’ उनले भने ।
बुधवार काठमाडौँदेखि पोखरा उठ्न लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रनवे नजिकै दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ जनामध्ये १८ जनाएको घटनास्थलमै मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्यको सकुशल उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण