भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने मन्त्रिपरिषद्को तयारी
काठमाडौँ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले आजको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बताए ।
‘दुई छिमेकी मुलुक चीन र भारतका राजदूत नियुक्तिको सिफारिस मन्त्रिपरिषद्को आजको बैठकले गर्न सक्छ’, गौतमले रातोपाटीसँग भने । भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् ।
पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ । चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ । चीनमा एमालेले कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलेको छैन ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले भारत अमेरिका लगायतका ११ वटा देशका राजदूत फिर्ता बोलाएर ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकार फेरिएसँगै अघिल्लो सरकारले सिफारिस गरेका राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न नै सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण