कोशी प्रदेशमा माओवादी मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा पत्र
विराटनगर । नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका हुन् ।
माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिएको बताएका छन् । तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिएको हो । केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ । संविधानको धारा १६८ (५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण