सौर्य एयरलाइन्स दुर्घटना
सौर्य एयरलाइन्स दुर्घटना : पाँच शव आफन्तले बुझे
शुक्रबार, ११ साउन २०८१, १९ : ०८

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव आफन्तले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट पाँच शव आफन्तले बुझेका हुन् ।
अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न मानेका छैनन् ।
त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोड ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता