ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु
ताइपेई । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीइओसी) को शुक्रबार जारी सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् ।
चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ । आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।
ज्यान गुमाउनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरुको खोजी गरिरहेका छन् । सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९ वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।
केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण