‘सत्तासीन कुम्भकर्ण’ लाई जगाउन अर्जुन दृष्टि कायम राखेका छौँ : राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले ‘सत्तासीन कुम्भकर्ण’ लाई जगाउन र जनताको पक्षमा परिवर्तन ल्याउन राप्रपाले उपत्यकामा अर्जुन दृष्टि कायम राखेको प्रस्ट पारेका छन् ।
‘जनताको पीरमर्का बेवास्ता गरेर सरकारमा मस्त सुतिरहेको कुम्भकर्णलाई प्रभावकारी धक्का दिन राप्रपा रणनीतिक रूपमा अघि बढेको छ । सशक्त युवा दस्ता र उपत्यका केन्द्रित संगठन त्यसै लक्ष्यको माध्यम हो,’ संगठन विभाग प्रमुख समेत रहेका राप्रपा महामन्त्री राणाले शनिबार आयोजित कार्यक्रममा भने ।
राप्रपा संगठन विभागको कार्ययोजनाअनुरुप सम्पन्न नगरस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राणाले स्थानीय तहमा हुने बजेट दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘स्थानीय तहको जगमा देश बन्ने हो, समाज बन्ने हो । त्यसैले नगरपालिका र वडा तहमा जनताको पक्षमा र भ्रष्ट मनोवृत्ति विरुद्धमा राप्रपाले खबरदारी गर्नुपर्दछ,’ उनले भने ।
महामन्त्री कुन्ती शाहीले स्थानीय तहमा महिला जागरणको महत्त्व उजागर गर्दै महिला शक्तिको बलमा घरपरिवारमा मात्र नभएर देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।
प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा विद्यमान समस्या सरकार र प्रधानमन्त्री परिवर्तनले सम्बोधन नहुने भएकोले नवीन समझदारी गरेर सबै शक्ति र विचार अटाउने संरचना र सहमति आवश्यक रहेको बताए ।
नगर अध्यक्ष अनिल पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडाले आफ्नो संगठन आफैँ बनाउनुपर्छ भन्ने यथार्थ मनन गरेर स्थानीय संगठन मजबुत बनाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण