‘घरज्वाइँ’ को दुई साताको कमाई कति ?
काठमाडौंँ । ‘घरज्वाइँ’ गत असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । अहिले तेस्रो सातामा प्रदर्शनरत फिल्मले दुई सातामा ४ करोड ६३ लाख ग्रसकलेक्सन गरेको छ । निर्माण युनिटले एक पोष्टरमा सार्वजनिक गर्दै फिल्मको दुई साताको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ ।
रिलिजको दुई दिनमा १ करोड ५१ लख ग्रसकलेक्सन गरेको फिल्मले पछिल्लो १२ दिनमा ३ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माता जनकघर्ती मगरले बताए । उनले फिल्मले लगानी उठाएको जानकारी समेत दिए । जिएम मूभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको हो ।
अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनिल मगरको अभिनय छ । फिल्म देशभर नेपालमा आरआर फिल्मसले वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण