सेल्टिकसँग चेल्सीको लज्जास्पद हार
आइतबार, १३ साउन २०८१, १२ : ३४
इन्डियाना । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा चेल्सीले सेल्टिकसँग लज्जास्पद हार बेहोरेको छ । नोट्रे ड्याम रङ्गशालामा आयोजित खेलमा चेल्सी १–४ गोलले पराजित भयो ।
खेलको १९ औँ मिनेटमा म्याथ्यु ओ’राइलीले गोल गर्दै स्कटिस च्याम्पियनलाई अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा क्युगो फुरुहासीले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा लुइस पाल्माले ७६ औँ मिनेटमा तेस्रो गोल थपे । तीन मिनेटपछि माइकल जोन्स्टनले अर्को गोल थपे । ८९ औँ मिनेटमा क्रिस्टोफर एनकुन्कुले पेनाल्टीमार्फत चेल्सीका लागि सान्त्वना गोल गरे ।
अमेरिकाको भ्रमणमा रहेको सेल्टिकले यसअघि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराएको थियो । उता, चेल्सी भने नयाँ म्यानेजर एन्जो मरेस्काको नेतृत्वमा हालसम्म जितविहीन रहेको छ । टोली यसअघि व्रेक्सह्यामसँग २–२ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण