नहरले बगाएर तथा डुबेर चार जनाको मृत्यु
आइतबार, १३ साउन २०८१, १२ : ५१
काठमाडौँ । देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ ।
- मोरङ, बुढीगंगा गाउँपालिका-७ मदनपुर बस्ने ७० वर्षीय साजुलाल चौधरीको सोही ठाउँस्थित चतरा नहरले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पर्सेनी बस्ने मान बहादुर चौधरीकी छोरी ८ वर्षीया करूणा चौधरीको घर नजिकै रहेको खोल्सामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
- रौतहट, वृन्दावन नगरपालिका-४ हरैया पल्टुवा बस्ने बिरेन्द्र साहको छोरा २ वर्षीय आशिक साहको सोही ठाउँस्थित कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
- झापा, झापा गाउँपालिका-१ सालमारा बस्ने चिकु मियाको छोरा १० वर्षीय मोहमद दिलसाद मिया सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबी मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण