मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ
आइतबार, १३ साउन २०८१, १६ : १९
काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ परेका छन् । सो आरोपमा धादिङको गल्छी ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङ र गल्छी ५ सागिने बस्ने २० वर्षीय सरोज तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले प्रकाशलाई बागमती प्रदेश –०२–०३३ प २७८९ नम्बर र सरोजलाई ०२–०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले आइतबार जानकारी दिएका छन् ।
चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण