त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय विशेषज्ञ फिर्ता
काठमाडौँ । त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु फेला परेनन् ।
भारतबाट आएको टिम फर्किएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए । उनले भने–‘बस फेला परेको छैन, अहिलेसम्म २५ जनाको शव भेटिएको छ ।’
भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् । उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण