सुनसरीबाट गाँजा बोकेको गाडीसहित दुई जना नियन्त्रणमा
आइतबार, १३ साउन २०८१, २० : ३१
काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका–९ बबिया चोकबाट आइतबार सशस्त्र प्रहरीले करिब १ सय १६ के.जी. गाँजा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरू धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्ग बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा सो गणबाट खटिएको सुरक्षा फौजले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण