रोहितको टोलीको पहिलो हार
सोमबार, १४ साउन २०८१, ०६ : २२
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको टोली टोरोन्टो नेसनल्सले पहिलो हार बेहोरेको छ । टोली सर्रे ज्यागुअर्ससँग ८० रनको विशाल अन्तरले पराजित भयो ।
१ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अलआउट हुँदै ८१ रन मात्र बनाउन सक्यो । टोलीका लागि उन्मुक्त चन्दले सर्वाधिक २१ रन बनाए ।
त्यस्तै, रासी भान डेर डुसेनले १५ तथा निकोलन किर्तनले ११ रन जोडे । रोहितले २५ बलमा १० रनको योगदान दिए । अन्त्य ब्याटरले दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् ।
सर्रेका लागि मार्कस स्टोइनिस र सुनिल नरेनले ३–३ विकेट लिए । मोहम्मद नाबीले २ तथा बेन लिस्टर र हरमित सिंहले १–१ विकेट हात पारे ।
३ खेलबाट ४ अङ्क बटुल्दै टोरोन्टो अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । सर्रे २ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण