कोभिडले मृत्यु भएका विदेशीको उत्तराधिकारी बनाउँछु भनेर ५६ लाख ठगेको आरोपमा युवक पक्राउ
काठमाडौँ । कोभिड–१९ बाट मृत्यु भएका विदेशी नागरिकको उत्तराधिकारी बनाएर उनीहरूको बैंकमा भएको रकम दिलाउने प्रलोभन दिएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको इटहर्वा घर भएका २७ वर्षका इम्तियाज अहमद छन् ।
उनलाई सिराहाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । आरोपीले ५६ लाख १० हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
उनीविरुद्ध ३ जनाले जाहेरी दिएका छन् । सामाजिक सञ्जाल ह्वाट्स एप र फेसबुक दुरुपयोग गरेर उनले डलर, ल्यापट र आईफोन पठाएको भन्दै कर बापत रकम ‘डिपोजिट गर्नुस’ भनेर ठगेका हुन् । पीडितहरूलाई कोरोना संक्रमणले मृत्यु भएका विदेशी नागरिकको नेशनल बैंकको रकम लिन उत्तराधिकारी बनाउँछु भनेर पीडितहरूलाई प्रलोभन देखाउने र पार्सल गरेर डलर पठाएको बहाना बनाएर ठगी गरेको एसपी आचार्यले बताए ।
आरोपीले विभिन्न व्यक्तिहरूको बैंक खाता सञ्चालन गरेर रकम जम्मा गर्न लगाउने र भारतमा गएर रकम बाँडफाँट गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण